Manisha Koirala

Manisha Koirala Instagram – नमस्कार, म मनिषा कोइराला, कलाकार तथा सामाजिक अभियन्ता ।

म नेपाल सरकार राष्ट्रिय खोप कार्यक्रमको सद्भावना दूतका साथै क्यान्सर केयर नेपालसँग आवद्ध रही क्यान्सर सम्बन्धी सचेतनाका कामहरू गर्दै आइरहेको छु ।

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले नेपाल सरकारले यही माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभरी एच.पि.भी. खोप अभियानलाई सञ्चालन गर्दैछ ।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुने गरेको तथ्यांक छ । यसबाट सुरक्षित रहन हरेक किशोरीले प्रारम्भिक किशोरावस्थामै एच.पि.भी. खोप लगाउनु पर्दछ ।
यो वर्ष कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच.पि.भी. खोप लगाईंदैछ ।
अगामी वर्ष देखि नियमित खोप सेवाको रूपमा कक्षा ६ मा पढ्ने छात्राहरू र विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई एच.पि.भी. खोप लगाइनेछ ।
यस महत्वपूर्ण कार्यमा यहाँहरू सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्नेमा म विश्वस्त छु ।
एच.पि.भी. खोप लगाऔं पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरूलाई सुरक्षित राखौं ।
धन्यवाद । @followers Family Welfare Division Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre UNICEF Nepal World Health Organization Nepal Department of Health Services Nepal Manisha Koirala | Posted on 04/Feb/2025 16:48:46

Manisha Koirala
Manisha Koirala

Check out the latest gallery of Manisha Koirala