Keki Adhikari Instagram – जो भाग्यमा लेखिएका सुखदुःख स्वीकार्य छन् ।
पुस ३ गते/ डिसेम्बर १७ मा परेको मेरो जन्मदिनमा प्रत्यक्ष अप्रत्यक्ष सम्पूर्ण माध्यमहरुबाट शुभकामना , शुभेच्छा र शुभासिस प्रदान गरिदिएर, मलाई विशेष महशुस गराइदिनुहुने यहाँहरु सबैलाई हार्दिक धन्यवाद !!
यो सबै माया, सद्भाव मैले सङ्गालेर राखेकी छु है। जीवनले मलाई यो समयसम्म आइपुग्दा जिवनका र प्रकृतिका सबैकुरा सहर्ष स्विकार्न सक्ने बनाउदै लिएर जावोस। कुनै दिन अलिकति गार्हो भयो भने चाहिँ तपाईको यही साचेको मायाबाट आफ्नो जीवनमा उर्जा भर्नेछु। जन्म दिने आमाबाबा र यो ब्राह्मणबाट प्राप्त हरेक प्राप्ति र गुमाइका लागि हार्दिक हार्दिक आभार!!
यो जन्म र जीवनका लागि हार्दिक आभार!! | Posted on 19/Dec/2025 17:01:12



