Priyanka Karki Instagram – हामीले हिजोदेखि प्रतीक्षा गरिरहेको घडी आखिर आइपुगेको छ।
झापा–५ बाट बालेन्द्र शाह ठूलो मतान्तरले विजयी हुनु भएको छ।
हार्दिक बधाई बालेन्द्र शाह!
अब पुरै देशको नजर तपाईँमाथि छ। हामीले आशा र विश्वासका साथ तपाईँलाई साथ दिएका छौँ। अब साँच्चै नै नयाँ नेपाल देख्ने आशा अझ बलियो भएको छ।
हामीले धेरै वर्षदेखि
भाषण र नाराहरू सुन्दै आएका छौँ।
तर अब देशलाई
काम गर्ने नेतृत्व चाहिएको छ।
नेपालका युवाहरू अवसर खोजिरहेका छन्।
समाज पारदर्शिता र उत्तरदायित्व खोजिरहेको छ।
र नागरिकहरू आशालाई फेरि विश्वास गर्न चाहिरहेका छन्।
हामीले त आशा गर्नै छोडेका थियौँ।
विश्वास पनि हराउँदै गएको थियो।
तर तपाईं आउनुभयो
आशाको किरण बनेर।
अब फेरि सपना देख्न थालेका छौँ ,
नयाँ नेपालको।
त्यस्तो नेपाल
जहाँ हाम्रो बच्चाहरू यही बस्न चाहून्,
यही भविष्य देखून्। 🇳🇵
@balenshah | Posted on 07/Mar/2026 18:19:38



