Priyanka Karki Instagram – अहिले देशभरि मतगणना चलिरहेको छ।
नयाँ नेतृत्व आउने तयारी हुँदैछ, र देश सही मार्गतर्फ अघि बढिरहेको महसुस भइरहेको छ।
तर यो क्षण सम्भव भएको छ सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्यूको दृढ नेतृत्वका कारण।
धेरैले भने, ‘यो निर्वाचन हुँदैन।’
धेरैले प्रश्न उठाए।
तर आमा, तपाईं आफ्नो अडानमा अडिनुभयो र छ महिनाभित्रै निर्वाचन सम्पन्न गरेर देखाइदिनुभयो।
तपाईं केवल देशको प्रधानमन्त्री मात्र होइन, कठिन समयमा देशलाई समेटेर अघि बढाउने देशकी आमा हुनुहुन्छ।
आजको यो वातावरण, यो आशा, यो जित,
सबै हजुरकै नेतृत्वलाई समर्पित।
देश तपाईंप्रति सधैं आभारी रहनेछ।
जय नेपाल 🇳🇵 | Posted on 06/Mar/2026 13:56:27



