Keki Adhikari Instagram – हामी सबैको हृदयभित्र बस्न सफल हाम्रो गीत “बुझिन मैले” लाई ३ करोड भन्दा बढी पटक OSR Digital – मा हेरिदिनुभएकोमा हामी हृदयदेखि आभारी छौं। तपाईंहरुको अथाह माया र समर्थनले यो गीतलाई जीवन्तता प्रदान गरेको छ।
हाम्रो चलचित्र “बोक्सीको घर” को सफलतामा महत्वपूर्ण भूमिका खेलेको यो गीतलाई तपाईंहरुले आफ्नै गीत बनाइदिनुभयो। गीत भन्दा बढी एउटा भावना ठान्दिनुभयो।
यो विशेष अवसरमा, यस गीतमा प्राण भरिदिनुभएकी प्रतिभाशाली प्रिय बहिनी समिक्षा अधिकारीलाई जन्मदिनको शुभकामना दिन चाहन्छौं। तपाईंको सुमधुर स्वरले “बुझिन मैले” गीतमा नयाँ आत्मा भरेको छ। आगामी दिनहरुका लागि अझै बढी शुभकामना !!
यसै अवसरमा, यो गीतको अडियो ,भिडियो ,मार्केटिङ ,डिजिटल र चलचित्र बोक्सीको घर का सम्पूर्ण टिमलाई विशेष धन्यवाद दिन चाहन्छौं। तपाईंहरुको मेहनत, समर्पण र सिर्जनात्मकताले यो गीतलाई विशेष बनाएको छ। भविष्यमा पनि तपाईंहरुसँग काम गर्ने अवसर प्राप्त होस् भन्ने अभिलाषा सहित सम्पूर्णमा हार्दिक धन्यवाद ।
-बोक्सीको घर परिवार | Posted on 18/Jul/2024 14:28:42



